
काठमाडौं, नेपाली बजारमा आज सुनको मुल्य घटेको छ । शुक्रबार सुनको मूल्य प्रतितोला रु चार सयले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ९५ हजार पाँच सय तोकिएको छ । तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार छ ।
यसैगरी चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार एक सय ८५ तोकिएकोे छ ।







