
काठमाडौं, धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक झण्डै छ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबारमापक नेप्से परिसूचक ५ दशमलब ९१ अङ्कले ओरालो लागेर दुई हजार ५६ दशमलब ८८ अङ्कमा ओर्लिएको छ ।
ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलब ६८ अङ्कले घटेर तीन सय ९५ दशमलब ७५ मा सीमित भएको छ । कूल दुई सय १८ कम्पनीको ४६ लाख ४० हजार आठ सय ४४ कित्ता शेयर रु एक अर्ब ९३ करोड ५५ लाख २० हजार एक सय ४७ मूल्यमा खरिद बिक्री भए ।
नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने ११ उपसमूहको शेयर मूल्य ओरालो लागेको छ । बैंकिङ पाँच दशमलब ३१, व्यापार ३१ दशमलब ८७, होटल तथा पर्यटन ११ दशमलब ६३, विकास बैंक सात दशमलब ६१, जलविद्युत् १२ दशमलब ३५, वित्त १६ दशमलब १५, निर्जीवन बीमा ७५ दशमलब ८२, अन्य चार दशमलब ६६, लघुवित्त १५ दशमलब ५१, जीवन बीमा नौ दशमलब ७३ र सामूहिक लगानी कोष शून्य दशमलब एक अङ्कले ओरालो लागेको छ ।
यसैगरी उत्पादन २७ दशमलब एक र लगानी शून्य दशमलब ४७ अङ्कले उकालो लागेको छ । आजको कारोबारपछि बजार पुँजीकरण रु २९ खर्ब ३६ अर्ब ७८ करोड २४ लाख २८ हजार ४५३ बराबर रहको छ ।







