
काठमाडौं, एनसीसी बैंकले आजबाट संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । बैंकले २६ लाख ३१ हजार १३६ कित्ता शेयर लिलामी बिक्रिका लागि ल्याएको हो ।
यसअघि बैंकले दुईपटकसम्म लिलामी बिक्री खुला गर्दा नबिकेका शेयर फेरि लिलामीमा ल्याएको जनाएको छ । यसरी लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले न्यूनतम १३१ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन् ।
यसैगरी बैंकले लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन साउन २२ गतेसम्म समय तोकेको छ ।







