
काठमाडौं, सिंहदरबारको गेटको सीसीटीभी फुटेज १६ दिनभन्दा बढी नरहने भन्दै गृहमन्त्रालयले आज छानविन समितिलाई पत्र पठाएको छ ।
यसअघि समितिले सिंहदरबारको दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज मगाएसँगै गृहमन्त्रामलयले उक्त पत्र लेखेको हो ।
छानविन समितिले थप प्रमाण जुटाउने क्रममा जेठ १४ गते राति सिंहदरबार आउजाउ गरेकाहरू हेर्न दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज मगाउने भएको निर्णय गरेको थियो ।
अर्थ मन्त्रालयको सीसीटीभीको हार्डडिस्कको रिकभर भिडियोसहितको रिपोर्ट सोमबार आएको छ । तर सीसीटीभी फुटेज रिकभर भए पनि मन्त्रालय छिरेको मान्छे भने प्रष्ट नभएकाे बताइएकाे छ ।







