
काठमाडौं, नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेर रु ९४ हजार तोकिएको छ ।
बिहीवार प्रतितोला रु ९३ हजारमा कारोबार भएका थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५०० छ । उक्त सुनको मूल्य अघिल्लो दिन प्रतितोला रु ९२ हजार ५०० थियो ।
यसैगरी आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १० ले बढेर रु एक हजार १६५ तोकिएकोे छ ।







