
शेयर बजारमा आज साताको कारोबारको चौथो दिन नेप्से परिसुचक ५९ दशमलव ५४ अंकले वृद्धि भएको छ ।
त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज १२ दशमलव ४२ अंकले बढेर ३८१ दशमलव ३७ विन्दुमा पुगेको छ ।
बुधबार २२५ कम्पनीको २ अर्ब ४४ करोड ४४ लाख ३ हजार ७ रुपैयाँ बराबरको ५७ लाख ८७ हजार १२६ कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ ।







