काठमाडौं ,बुधबार सुनको भाउ २०० रुपैयाँले घटेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर ९४ हजार ३०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९३ हजार ८०० रुपैयाँ निर्धारण भएको छ ।
बुधबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर ११ सय ७० रुपैयाँ कायम भएको छ ।








