काठमाडौं,शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य ९४ हजार ६०० रुपैयाँ कायम छ ।त्यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९४ हजार १०० रुपैयाँ कायम छ ।
यता, शुक्रबार चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर ११ सय ७५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला ११ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।








