
डलरको भाउले नयाँ कीर्तिमानी कायम गरेको छ ।यस दिन नेपाली बजारमा अमेरिकी डलरको खरिद दर १२६ रुपैयाँ ०६ पैसा र बिक्री दर १२६ रुपैयाँ ६६ पैसा कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । जुन हालसम्मकै उच्च हो ।
बिहीवार डलरको खरिद दर १२६ रुपैयाँ ०५ पैसा र बिक्री दर १२६ रुपैयाँ ६५ पैसा कायम भएको थियो ।
पछिल्ला दिनहरूमा डलरको भाउले नयाँ उचाइ कायम गर्दै गएको छ ।








