काठमाडौं,बुधबार सुनको भाउ सामान्य बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले बढेर ९७ हजार ८०० रुपैयाँ पुगेको छ ।
त्यसैगरी तेजावी सुनको मूल्य तोलाको ९७ हजार ३०० रुपैयाँ कायम छ । यसअघि, मंगलबार छापावाल सुन तोलाको ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
बुधबार चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १२ सय ४० रुपैयाँ कायम भएको छ ।








