
असार १ गतेदेखि सातामा ६ दिन शेयर कारोबार हुने नेप्सेले जनाएको छ ।अब आइतबारदेखि बिहीबारसम्म साविकको समय ११ देखि ३ बजेसम्म र शुक्रबार भने ११ देखि १ बजेसम्म २ घन्टा मात्रै कारोबार हुनेछ ।
यसअघि सरकारले सातामा दुई दिन (शनिबार र आइबार) सार्वजनिक विदा दिने निर्णय गरेसँगै सेयर कारोबार सोमवारदेखि शुक्रबारसम्म भइरहेको छ ।
आइतवार विदा दिने निर्णय सरकारले फिर्ता लिइसकेको छ ।यो सँगै अब आइतबारदेखि शुक्रबारसम्म सातामा ६ दिन नै सेयर कारोबार हुने भएको हो ।







