काठमाडौं,बिहीबार सुनको भाउ ८०० रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको भाउ ८०० रुपैयाँले बढेर प्रतितोला ९७ हजार ८०० रुपैयाँ कायम भएको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९७ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । यसअघि, बुधबार छापावाल सुन तोलाको ९७ हजार रुपैयाँमा कारोबार भएको थियो
यसैगरी, तेजावी सुनको भाउ तोलाको ९६ हजार ५०० रुपैयाँ निर्धारण भएको थियो। बुधबार चाँदीको भाउ तोलामा ५ रुपैयाँले बढेर १२ सय ५० रुपैयाँ कायम भएको छ ।
बुधबार चाँदीको भाउ प्रतितोला १२ सय ४५ रुपैयाँ कायम रहेको थियो ।








