
काठमाडौं, मंगलबार नेपाली बजारमा सुनको मूल्य घट्र्को छ । आज प्रतितोलामा ७०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भैरहेको छ । सोमबार छापावाला सुन प्रतितोला ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी तेजाबी सुनको मूल्य ९७ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ भने यता चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा १० रुपैयाँले घट्दै आज एक हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो चाँदी प्रतितोला एक हजार २८५ रुपैयाँमा कारोबार भएको थियो ।







