
काठमाडौं, सोमबार सुनको भाउ १०० रुपैयाँले बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले बढेर ९८ हजार ७०० रुपैयाँ कायम भएको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९८ हजार २०० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि, आइतबार छापावाल सुन तोलाको ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
सोमबार चाँदीको भाउ प्रतितोला १२ सय ८५ रुपैयाँ कायम रहेको छ ।







