
काठमाडौं, सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको प्राथमिक सेयर (आईपीओ) बाँडफाँड भएको छ । आज बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको केन्द्रिय कार्यालय नक्सालबाट आईपीओ बाँडफाँड भएको हो ।
सो बाँडफाँडबाट ३६ हजार ९४८ जनाले कम्पनीको सेयर प्राप्त गरेका छन् भने, अधिकतम २१ लाख ६५ हजार ४१३ जना आवेदकहरुको हात खाली हुन पुगेको छ ।
यसैगरी कम्पनीले वैशाख २ गतेदेखि ६ गतेसम्म प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका ३ करोड ९५ लाख ६६ हजार ६ सय रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आईपीओ निष्कासन गरेको थियो ।
जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ६ हजार ८२ कित्ता सेयर लघुवित्तका कर्मचारीहरुका लागि सुरक्षित गरेर ५ प्रतिशत अर्थात १९ हजार ७६६ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको ३ लाख ६९ हजार ४८८ कित्ता सेयर साधारण सर्वसाधारणका लागि छुट्याइएको थियो ।







