
मंगलबार सुन र चाँदीको मूल्य बढेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ र चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९०० रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४०० रुपैयाँ रहेको छ भने चाँदीको मूल्य पनि बढेको छ । चाँदी प्रतितोला १५ रुपैयाँले बढेर १ हजार ३८० रुपैयाँमै कारोबार भइरहेको छ।







