
काठमाडौं चैत २४ गते, बिहीबार सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढेको छ ।
सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले बढेर ९९ हजार रुपैयाँ कायम भएको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९८ हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।
त्यस्तै बिहीबार चाँदीको भाउ प्रतितोला १० रुपैयाँले बढेर १३४५ रुपैयाँ कायम भएको छ ।







