काठमाडौं सोमबार चैत १४ गते,सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख ५०० रुपैयाँ कायम भएको छ भने । तेजावी सुनको मूल्य तोलाको १ लाख रुपैयाँ निर्धारण भएको छ ।
हिजो आइतबार छापावाल सुन तोलाको १ लाख ९०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ४०० रुपैयाँ निर्धारण भएको थियो ।
त्यस्तै चाँदीको भाउ प्रतितोला २० रुपैयाँले घटेर १३८० रुपैयाँ कायम भएको छ ।








