
आज छापावाल सुनको मूल्य ९९ हजार २०० र तेजाबी सुनको मूल्य ९६ हजार ७०० रुपैयाँ छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको जानकारी दिएको छ । महासंघले आजको कारोबार मूल्य तोक्दै बजार भाउ ६०० रुपैयाँले घटेको हो ।
यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १३ सय ७५ रुपैयाँ तोकिएको छ । आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको हो ।







