
काठमाडौं, सुनचाँदीको भाउमा सामान्य गिरावट आएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा दुई सय रुपैयाँले घटेको हो । छापावाल सुन आइतबारका लागि तोलाको ९८ हजार ४ सय रुपैयाँ कायम भएको छ । गत शुक्रबार तोलाको ९८ हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएका छन ।
यस्तै तेजाबी सुनको भाउ पनि घटेर तोलाको ९७ हजार ९ सय रुपैयाँ कायम गरिएको छ । गत शुक्रबार तोलाको ९८ हजार १ सय तोकिएको थियो । महासंघले जनाएअनुसार चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले कमी आएको छ । गत शुक्रबार तोलाको १३ सय ५५ रुपैयाँ कायम भएको चाँदीको भाउ यसदिन १३ सय २५ रुपैयाँ कायम भएको हो ।





