
काठमाडौं, आज सुनको मूल्य वृद्धि भएको छ । यसदिन सुनको मुल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघक अनुसार बुधबार
छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँ छ ।
मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ९०० र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ४०० रुपैयाँ कायम थियो ।
यसैगरी, आज चाँदीको मूल्य प्रतितोला १२ सय ५५ रुपैयाँ छ । हिजो तोलामा १२ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेको थियो ।







