
काठमाडौं, आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
बुधबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलाको ९४ हजार ४०० रुपैयाँ कायम भएको हो । तेजाबी सुनको मूल्य समेत आज तोलामा ४०० रुपैयाँले बढ्दै ९३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी चाँदीको मूल्य भने आज स्थिर रहेको छ । गत मंगलबारकै मूल्य प्रतितोला एक हजार ३०० रुपैयाँ कायम हो ।







