
काठमाडौं, साताको अन्तिम दिन सुनको भाउ पुनः बढेको छ । बिहीबारको तुलनामा तोलामा आठ सय रुपैयाँले सुनको भाउ बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबारका लागि छापावल सुनको प्रतितोला कारोबार मूल्य ९८ हजार ६ सय रुपैयाँ तोकिएको छ ।यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार एक सय रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा चाँदीको मूल्यमा पनि बढोत्तरी भएर प्रतितोला १३ सय ५५ रुपैयाँ मूल्य तोकिएको छ ।
आइतबारदेखि नै निरन्तर घटिरहेको सुनको भाउ बुधबार एकैदिन ६ हजार दुई सय रुपैयाँले घटेको थियो । तर, बिहीबार पुनः दुई हजार चार सय रुपैयाँले बढेको सुनको भाउ शुक्रबार आठ सय रुपैयाँले बढेको छ ।





