
काठमाडौं, साताको दोस्रो दिन सोमबार सुनको मूल्य बढेको छ । आज सुनको मुल्य प्रतितोला एक सय रुपैयाँले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ कायम भएको छ ।
यसैगरी तेजाबी सुनको मूल्य समेत आज तोलामा एक सय रुपैयाँले नै बढ्दै ९२ हजार रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा तोलामा पाँच रुपैयाँले मात्र वृद्धि हुँदै एक हजार २५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।







