
काठमाडौं, नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेकाे छ । आज सुन प्रतितोला ५०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएको हो भने तेजाबी सुन प्रतितोला ९१हजार ८०० रुपैयाँमा कारोबार भैरहेको छ ।
यसैगरी बिहीबार चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला एक हजार २३५ रुपैयाँ कायम भएको छ ।







