
काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । मंगलबार सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यसदिन छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २०० तोकिएको छ । पहेँलो धातु सोमबार प्रतितोला ९३ हजार १०० मा कारोबार भएको थियो ।
यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ७०० कायम भएको छ जसको मूल्य सोमबार प्रतितोला ९२ हजार ६०० तोकिएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १५ ले घटेर एक हजार २५० तोकिएको महासङ्घले जनाएको छ ।







