
काठमाडौं, सेयर कारोबारको तेस्रो दिन आज नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ । मंगलबार नेप्से ६९.२२ अंकले बढेर १७ सय ८४.५७ विन्दुमा पुगेको हो ।
यसदिन २२७ कम्पनीको १ करोड ९३ हजार २२१ कित्ता सेयर ५ अर्ब ५२ करोड मूल्य बराबरमा खरिदबिक्री भएको छ । अघिल्लो कारोबार दिन सोमबार ४ अर्ब ७३ करोड मूल्यमा सेयर खरिदबिक्री भएको थियो ।
कारोबारमा आएका १३ समूहको परिसूचकमा आज हरियाली छाएको छ । अन्यको सर्वाधिक ५.९५ र जलविद्युत समूहको ५.३९ प्रतिशतले सेयर मूल्य बढेको हो
यसैगरी वित्त समूहको सेयर मूल्य ३.२१ प्रतिशतले बढेको छ भने विकास बैंकको २.०२, होटल तथा पर्यटनको २.१४ र व्यापारको २.०४ प्रतिशतले मूल्य बढेको छ र बाँकी अन्य समूहको पनि हिजोको तुलनामा मंगलबार सेयर मूल्य बढेको छ ।







