
काठमाडौं, आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । मंगलबार सुनको मुल्य प्रतितोला ५०० रुपैयाँले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँ कायम भएकोमा मंगलबार पाँच सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार ८०० रुपैयाँ कायम भएको हो ।
यसैगरी, यसदिन तेजाबी सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको मूल्यमा पनि तोलामा १० रुपैयाँ बढेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार २९० रुपैयाँ कायम भएको छ ।







