
काठमाडौं, नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । यसदिन सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ९४ हजार ६०० रुपैयाँ कायम भएकोमा सोमबार तीन सय रुपैयाँले घटेर प्रतितोला ९४ हजार ३०० रुपैयाँ कायम भएको हो ।
यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँ कायम भएको महसंघले जनाएको छ । सोमबार चाँदीको मूल्यमा पनि तोलामा १५ रुपैयाँ घटेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार २८० रुपैयाँ कायम भएको छ ।







