
काठमाडौं, बजारमा अहिले अण्डाको मूल्यमा ह्वात्तै बढेको छ । अण्डाको बजार मूल्य होलसेल मै प्रतिक्यारेट ४२० रुपैयाँसम्म पुगेको हो । यसअघि अण्डाको मूल्य प्रतिक्यारेट ३७० रुपैयाँसम्म पर्ने गर्थ्यो ।
किसानले नै अण्डामा प्रतिक्यारेट ४१० रुपैयाँ पाउन थालेको नेपाल अण्डा उत्पादक संघका पूर्वअध्यक्ष राजेन्द्र लामिछानेले जानकारी दिएका छन् । किसानले प्रतिक्यारेट ४१० रुपैयाँ पाउँदा होलसेलसम्म पुग्दा ढुवानी लागत जोडिएर प्रतिक्यारेट ४२० रुपैयाँ पुग्ने उनको भनाई छ ।
यसैगरी नेपाल खुद्रा व्यापार संघका निवर्तमान अध्यक्ष पवित्र बज्राचार्यका अनुसार अण्डाको मूल्य होलसेलमै प्रतिक्यारेट ४२० रुपैयाँ पर्न थालेको बताए । उनले सञ्चारमाध्यमसँग भने, ‘यसअघि प्रतिक्यारेट ३७० रुपैयाँसम्म पथ्र्यो । अहिले क्यारेटमै ४० रुपैयाँसम्म बढेर ४१० रुपैयाँ पुगेको छ ।’







