
काठमाडौं, मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले गत साउन २७ गतेदेखि ३१ गतेसम्म सर्वसाधारणका लागि विक्री खुल्ला गरेको ३ लाख ९३ हजार ७ सय ५० कित्ता सेयर आईपीओ आज बिहान बाँडफाँड गरेको हो ।
विक्री प्रवन्धक नेपाल एसबीआई मर्चेन्टका अनुसार गोलाप्रथाबाट गरिएको बाँडफाँटमा कुल ३६ हजार ८ सय ५६ जनाले १० र १० कित्ताका दरले सेयर हासिल गरेका छन् भने लक्की ३ जनाले ११ र ११ कित्ता सेयर हात पारेको छ ।
यसअघि कम्पनीको आईपीओ लागि कुल २३ लाख ५४ हजार ७ सय ८४ जनाले २ करोड ९५ लाख ७४ हजार ७ सय ५० कित्ताका लागि दिएको आवेदन सदर भएको थियो भने ७ हजार ४३ जनाको आवेदन रद्द भएको थियो ।
सेयर बाँडफाँडको नतिजा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको वेबसाइट र मेरोसेयर एकाउन्टबाट हेर्न सकिन्छ भने मानुषी लघुवित्तको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्टबाट समेत हेर्न सकिने कम्पनीले जनाएको छ ।







