
काठमाडौं, सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्य गत आइतबारकै मूल्य कायम भएको हो ।
आज सुन प्रतितोला ९१ हजार ५०० र चाँदी प्रतितोला एक हजार ३२५ नै कायम भएको छ । गत शुक्रबार बजारमा सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँ र चाँदी एक हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज तेजाबी सुनको मूल्य समेत गत आइतबारकै कायम हुँदै प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघल्र जनाएको छ ।







