
काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । आइतबार सुनको मुल्य प्रतितोला २०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २०० रुपैयाँले वृद्धि हुँदै ९१ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९१ हजार रुपैयाँ पुगेको छ ।
यस्तै, यता चाँदीको मूल्य पनि गत शुक्रबारको तुलनामा प्रतितोला १५ रुपैयाँले वृद्धि हुँदै आज एक हजार ३२५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।







