
काठमाडौं, बुधवार २५६५ औं बुद्ध जयन्ती । सार्वजनिक विदाका कारण आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा घटबढ गरिएको छैन ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार सुनचाँदीको मूल्य गत मंगलबारकै मूल्य कायम गरिएको हो ।
आज पनि छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँ कायम गरिएको छ भने तेजाबी सुन प्रतितोला ९३ हजार रुपैयाँ नै कायम गरिएको महासंघले जनाएको छ ।
यस्तै यता चाँदीको मूल्य पनि गत मंगलबारकै मूल्य प्रतितोला एक हजार ३५० रुपैयाँ कायम गरिएको छ ।







