
काठमाडौं, नेपाली बजारमा आज हप्ताको पहिलो कारोबार दिन सुनको मूल्य बढेको छ । आइतबार सुनको मुल्य प्रतितोला ३०० रुपैयाँले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य ९३ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार १०० रुपैयाँ कायम भएको छ ।
यस्तै चाँदी भने गत शुक्रबारको मूल्यमा प्रतितोला ५ रुपैयाँले गिरावट आउँदै आइतबार एक हजार ३४५ रुपैयाँ कायम भएको छ ।







