
काठमाडौं, नेपाली बजारमा आज सुनचाँदी दुबैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा १०० रुपैयाँले र चाँदी प्रतितोला २० रुपैयाँले घटेको हो ।
आज छापावाला सुन प्रतितोला ९३ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यसदिन चाँदी भने गत मंगलबारको तुलनामा प्रतितोला २० रुपैयाँले घट्दै आज एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको छ ।







