
काठमाडौं, नेपाली बजारमा आज पनि सुनको मुल्य वृद्धि भएको छ । सोमबार सुनको मुल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९२ हजार ८०० रुपैयाँ र तेजाबी ९२ हजार ३०० रुपैयाँमा कामय भएको छ ।
यस्तै चाँदीको मूल्यमा पनि सोमबार सामान्य वृद्धि भएको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ५ रुपैयाँले वृद्धि हुँदै एक हजार ३५५ रुपैयाँ काम भैरहेको छ ।







