
काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्य ह्वातै बढेको छ । आइतबार सुनको मुल्य प्रतितोला ९०० रुपैयाँले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाला सुनको मुल्य प्रतितोला ९२ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छ ।
यस्तै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । चाँदी आइतबार २० रुपैयाँले वृद्धि हुँदै एक हजार ३५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।







