
काठमाडौं, नेपाली बजारमा आज सुनको मुल्यमा गिरावट आएको छ । बिहिवार सुनको मुल्य प्रतितोला ४०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार नेपाली बजारमा सुन प्रति तोला ९१ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९१ हजार १०० रुपैयाँ कायम भएको छ ।
त्यस्तै यता चाँदीको मूल्य पनि बिहिबार १० रुपैयाँले घट्न पुगेको छ । महासंघका अनुसार आज चाँदी प्रति तोला एक हजार ३३५ रुपैयाँ कायम भएको छ ।







