
काठमाडौं, केहि दिनयता नेपाली बजारमा निरन्तर उकालो लागेको सुनको मूल्य आज पनि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मुल्य प्रतितोला ३०० रुपैयाँले वृद्धि भएको हो ।
यसदिन छापावाला सुनको मुल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ र तेजाबी सुन तोलामा ९१ हजार ८०० रुपैयाँमा कारोबार भैरहेको छ ।
यस्तै चाँदीको मूल्यमा भने गत सामान्य गिरावट आएको महासंघले जनाएको छ । गत सोमबार प्रति तोला एक हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार प्रति तोला एक हजार ३४५ रुपैयाँमा झरेको हो ।







