
काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्यको उकालो लागेको छ । सोमबार सुनको मुल्य प्रतितोला २०० रुपैयाँले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाला सुनको मुल्य ९२ हजार रुपैयाँ र तेजाबी सुनको मुल्य तोलामा ९१ हजार ५०० रुपैयाँ कायम भएको छ ।
यस्तै महासंघका अनुसार सोमबार चाँदीको मुल्य १५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३६० रुपैयाँ कायम भएको छ ।







