
काठमाडौं, मध्यभोटेकोशी जलविद्युत आयोजनाले सिन्धुपाल्चोकका आयोजना प्रभावित र स्थानीय बासिन्दाका लागि जारी गरेको आईपीओ स्थगित भएको छ ।
मध्यभोटेकोशीका प्रमुख कार्यकारी अधिकृत रामगोपाल सिवाकोटीका अनुसार सिन्धुपाल्चोकमा लकडाउन भएपछि हाललाई उक्त आईपीओ स्थगित गरिएको हो ।
यसको जानकारी धितोपत्र बोर्डलाइ समेत गराएको र बोर्डले पनि स्विकृति दिएपश्चात आइपीओ स्थगित गरिएको उनले बताएका छन् । उनले भने, “सिन्धुपाल्चोकमा लकडाउन भएपछि हाललाई आइपीओ निश्काशन बन्द गर्ने निर्णय गरेका छौ । लकडाउन खुलेपछि आइपीओ बिक्री पुन खुल्ला गरिने छ।”
बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटले पनि आइपीओ हाललाई स्थगित गरिएको जनाएको छ ।







