
काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । सरकारले उपत्यकामा निषेधाज्ञा लगाएको पहिलो दिन बिहीबार सुनको मूल्य तोलामा रु ३०० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार बढेर तोलामा ९० हजार ८०० रुपैयाँमा कारोबार भएको हो ।
निषेधाज्ञाका बीच अहिले विवाहको सिजन रहेकाले यस बेला सुनको कारोबार बढी हुने गर्छ । बिहीबार तेजाबी सुन तोलामा ९० हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै बिहीबार चाँदीको मूल्य तोलामा १ हजार ३१५ रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधबार चाँदी तोलामा १ हजार ३०५ रुपैयाँमा कारोबार भएको थियो ।







