
काठमाडौं, नेपाली बजारमा आज सुनको मुल्यमा गिरावट आएको छ । आइतबार सुनको मुल्य तोलामा ४ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य ९१ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९० हजार ८०० रुपैयाँ कायम भएको छ ।
यस्तै चाँदीको मूल्यमा भने प्रति तोला १० रुपैयाँले घट्दै आइतबार १ हजार ३१० रुपैयाँ कायम भएको छ ।







