
काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । बिहिवार सुनको मूल्य प्रतोतोला ३०० रुपैयाँँले बढेको हो ।
छापावाल सुनको मुल्य प्रतितोला ८९ हजार ८०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुनको मूल्य ८९ हजार ३५० रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य भने प्रति तोला एक हजार २९० रुपैयाँ तोकिएको छ । महासंघका अनुसार गत मंगलबारको तुलनामा चाँदी प्रति तोला ३० रुपैयाँले वृद्धि भएको हो ।







