
काठमाडौं, आज २०७७ सालको अन्तिम दिन, सुनको मूल्यमा सामान्य गिरावट आएको छ । मंगलबार सुन प्रतितोला १०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ८९ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन मंगलबार घटेर तोलामा ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । यस्तै तेजाबी सुन तोलामा ८९ हजार ५० रुपैयाँमा कारोबार भएको छ।
मंगलबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ । सोमबार तोलामा १ हजार २७५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार घटेर १ हजार २६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।







