
काठमाडौं, नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ । बुधबार सुन प्रतितोला ५०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ८७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार बढेर तोलामा ८८ हजार रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजाबी सुन तोलामा ८७ हजार ५५० रुपैयाँमा कारोबार भएको छ । आज चाँदीको मूल्य १० रुपैयाँले बढेको छ । मंगलबार तोलामा १ हजार २३५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार बढेर तोलामा १ हजार २४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।







