
काठमाडौं, नेपाली बजारमा बिहीबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आइतबार सुनको मुल्य प्रतितोला ५०० रुपैयाँले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८६ हजार १०० रुपैयाँमा कारोबार भैरहेको छ भने तेजाबी सुन प्रतितोला ८५ हजार ६५० मूल्य निर्धारण भएको छ ।
यस्तै चाँदीको मूल्य भने आज स्थिर छ । चाँदी तोलामा एक हजार २५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।







