
काठमाडौं, नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आइतबार सुनको मुल्य प्रतितोला ५०० रुपैयाँ र चाँदी प्रतितोला १० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पहिलो दिन आज छापावाल सुन तोलामा ८८ हजार ३०० रुपैयाँमा कारोबार भएको हो । यसअघि शुक्रबार छापावाल सुन तोलामा ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै तेजावी सुन तोलामा ८७ हजार ८५० रुपैयाँमा कारोबार भएको छ । आइतबार चाँदीको मूल्य घटेको छ । शुक्रबार तोलामा १ हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार घटेर तोलामा १ हजार ३२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।







