
काठमाडौं, नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । शुक्रबार सुनको मुल्य प्रतितोला ५०० रुपैयाँ र चाँदी २० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको छ भने तेजावी सुन ८८ हजार ३५० रुपैयाँमा कारोबार भैरहेको छ ।
यस्तै, आज चाँदीको मुल्य २० रुपैयाँले घटेको छ । बिहिबार १ हजार ३५५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा १ हजार ३३५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।







